Kathmandu Press

कमेडी च्याम्पियनका प्रतिस्पर्धीले ल्याए नयाँ कमेडी शो

कमेडी च्याम्पियनको गत सिजनका प्रतिस्पर्धीले नयाँ कमेडी शो ल्याएका छन्।
कमेडी च्याम्पियनका प्रतिस्पर्धीले ल्याए नयाँ कमेडी शो

काठमाडौं, चैत ५ : कमेडी च्याम्पियनको गत सिजनका प्रतिस्पर्धीले नयाँ कमेडी शो ल्याएका छन्।

डिजिटल प्लेटफर्म युट्युबबाट प्रसारण हुनेगरी उनीहरूले 'अँ... प्रश्न के हो?' नामको नयाँ कमेडी शो ल्याएका हुन्।

उक्त शो को ट्रेलर मंगलबार मात्रै युट्युब च्यानल ओएसआर रियालिटीबाट सार्वजनिक भएको छ। सोही युट्युब च्यानलबाट उक्त शो बुधबारदेखि प्रत्येक हप्ता सार्वजिनक हुनेछ।

Hardik ivf

कमेडीको ट्रेलरमा प्रेम विश्वकर्मा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको क्यारेक्टरमा देखिएका छन्। धादिङका प्रेम कमेडी च्याम्पियन-३ का टप-६ प्रतिस्पर्धी हुन्।

ट्रेलरमा दैलेखका लोमनसागर रेग्मी प्रश्नकर्ताको भूमिकामा देखिएका छन्। त्यस्तै तनहुँका कृष्ण गैरे सहयोगीको भूमिकामा देखिएका छन्। उनीहरू पनि कमेडी च्याम्पियन सिजन-३ का प्रतिस्पर्धी हुन्।

शोमा प्रेम विश्वकर्मा, लोमन सागर रेग्मी, कृष्ण गैरे, कुशल अधिकारी लगायतको प्रस्तुति रहनेछ।

हरेक एपिसोडमा कलाकारहरू नयाँ–नयाँ क्यारेक्टरमा प्रस्तुत हुनेछन्। शोमा दर्शकले नयाँ स्वादको कमेडी पाउने कलाकारहरूले बताएका छन्।

२६ एपिसोड प्रशारणमा ल्याउने तयारीमा रहेको शोमा लेखन कृष्ण गैरे, लोमन सागर रेग्मी, प्रेम विश्वकर्माको संयुक्त रहेको छ।

शो को निर्देशक विनोद श्रेष्ठ हुन्।

हेर्नुस् ट्रेलर: 

प्रकाशित मिति: २१:०९ बजे, मंगलबार, चैत ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्