आज देशभर वर्षा हुने, केही ठाउँमा चट्याङ र असिना
काठमाडौं, वैशाख १९ : आज देशभर वर्षा हुने जनाएको छ। केही ठाउँमा मेघगर्जनसहित चट्याङ र असिना पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभाग....

काठमाडौं, वैशाख १९ : आज देशभर वर्षा हुने जनाएको छ। केही ठाउँमा मेघगर्जनसहित चट्याङ र असिना पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिमी र स्थानीय वायुसँगै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले बिहीबार देशभर बदली हुने र वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार, केही दिनदेखि नेपालमा कायम पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै सक्रिय रहेको छ। देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ।
अहिले पनि देशका अधिकांश भूभागमा बदली भइरहेका छ भने केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा पनि बिहानैदेखि हल्का वर्षा भइरहेको छ।
दिउँसो पश्चिमी भूभागमा पूर्ण बदली तथा पूर्वी भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
बिहीबार राति पश्चिमी पहाडी भूभाग तथा मध्य र पुर्वी भूभागमा सामान्य बदली भई मध्य र पूर्वी भूभागको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुने विभागले जनाएको छ।
शुक्रबार पनि देशको पश्चिमी भूभाग तथा मध्य र पूर्वी भूभागमा सामान्य बदली रही देशको पहाडी भूभागका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ।
शनिबार पनि देशको धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।











