Kathmandu Press

लकडाउनले कष्टकर जीवन बिताइरहेका श्रमिकलाई तत्काल राहतकाे व्यवस्था गर : देउवा

काठमाडौं, वैशाख १९ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लकडाउनका कारण कष्टकर जीवन बिताइरहेका श्रमिकलाई तत्काल राहतको व्....

लकडाउनले कष्टकर जीवन बिताइरहेका श्रमिकलाई तत्काल राहतकाे व्यवस्था गर : देउवा
फाइल फाेटाे

काठमाडौं, वैशाख १९ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लकडाउनका कारण कष्टकर जीवन बिताइरहेका श्रमिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन्।

बिहीबार अन्तर्राष्ट्यि श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै देउवाले कोरोना रोकथामका लागि घोषणा गरिएको लकडाउनका कारण श्रमिकको जीवन कष्टकर बनेको उल्लेख गरेका छन्।

'नेपालमा पनि कोरोना भाइरसको जोखिमका कारण लकडाउनको अवस्था रहेकाले सम्पूर्ण नागरिकको जीवन सहज हुनसकेको छैन। यो वेला श्रम गरेर गुजारा गर्ने श्रमिकहरुको जीवन खाद्यान्नलगायत अन्य अत्यावश्यक वस्तुको अभावमा अझ बढी कष्टकर हुन पुगेको छ,' देउवाले भनेका छन्, 'लकडाउनका कारण श्रमिकले कष्टकर स्थिति भोगिरहेका वेला उनीहरुलाई अविलम्ब राहतको व्यवस्था गर्न म सरकारसँग पुनः आग्रह गर्दछु।'

उनले शुभकामना सन्देशमा नेपालमा श्रमिक आन्दोलनका सुरुआति दिनको स्मरण गरेका छन्।

नेपालमा विसं २००३ मा कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरको पहिलो ऐतिहासिक आन्दोलन भएको, प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थानविन्दु सोही मजदूर आन्दोलन भएको र कांंग्रेस र मजदूरहरु सधैंँ  एकार्काका अनन्य सहयोगी भएर रहिआएको  जिकिर गरेका छन्।

श्रमिक वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको देउवाले उल्लेख गरेका छन्। उनले भनेका छन, 'अन्तर्राष्ट्रय श्रमिक दिवसको यस अवसरमा सम्पूर्ण श्रमिक दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।'

प्रकाशित मिति: ०९:५२ बजे, शुक्रबार, वैशाख १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्