रहिनन् रेडियो नेपालकी प्रथम गायिका रानुदेवी
काठमाडौं, वैशाख १९ : रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन भएको छ । काठमाडौं सिनामंगलमा रहेको काठमाडौं मेडिकल कले....

काठमाडौं, वैशाख १९ : रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन भएको छ । काठमाडौं सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा ८६ वर्षको उमेरमा गएराति उनको निधन भएको हो ।
सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन। उनका एक छोरा र दुई छोरी छन् ।
उनको राति नै अन्त्यष्टि गरिएको छ । कांग्रेस नेतृ नोना कोइरालाको बहिनी समेत रहेकी रानुदेवीले निरंकुशता बिरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर उत्कृष्ट कार्य स्मरण योग्य छ ।
प्रकाशित मिति: ०९:१५ बजे, शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












