Kathmandu Press

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक आह्वान गर्ने निर्णय गरेको छ।
रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं, चैत ३ : राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक आह्वान गर्ने निर्णय गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा आज दिउँसो ४ बजेदेखि बसेको केन्द्रीय सचिवालय बैठकले केन्द्रिय समितिको बैठक आह्वान गर्ने निर्णय गरेको हो।

Hardik ivf

बैठक बस्ने समय चाँडै तय गरिने निर्णय भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार आजको बैठकमा जगतमा भएका निर्णयहरूको कार्यान्वयनका बारेमा जानकारी लिने र दिने काम भएको हो।

यसैगरी, वर्तमान राष्ट्रिय राजनीतिका बारेमा केन्द्रीय उपसभापति डा स्वर्णिम वाग्लेले जानकारी गराएको कार्यवाहक प्रवक्ता झाले बताए।

संसदीय गतिविधिबारे र अहिले भइरहेको अधिवेशनबारे दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारले बैठकमा जानकारी दिएका थिए। 

प्रकाशित मिति: २१:०४ बजे, आइतबार, चैत ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्