Kathmandu Press

श्रमजीवीलाई विशेष सहयोग प्याकेज निर्माण गर्न सरकारसमक्ष प्रचण्डको माग

काठमाडौं, वैशाख १९ : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दैनिक ज्याला गरेर जीविको पार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न सहरमा रहेका निम्न वर्....

श्रमजीवीलाई विशेष सहयोग प्याकेज निर्माण गर्न सरकारसमक्ष प्रचण्डको माग

काठमाडौं, वैशाख १९ : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दैनिक ज्याला गरेर जीविको पार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न सहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनतालाई खाद्यान्न लगायतको आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

१३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले शुभकामना दिदैं कोभिड १९ ले विश्व नै संघर्षरत रहेको र संसारभरका मजदुरको रोजगारीको खोसिएको भन्दैं देशका विभिन्न भागहरुबाट आ–आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदूर र अन्य जन–समुदायलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउनु सबैको कर्तव्य भएको बताएका छन्।

उनले कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न श्रमजीवि जनसमुदायमा अपील गर्दै पुनः एकपटक सुख, शान्ति र समृद्धिको कामना पनि गरेका छन्।

प्रकाशित मिति: ०७:४० बजे, शुक्रबार, वैशाख १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्