Kathmandu Press

राष्ट्रपति पौडेलले गरे चार विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार (इ-कमर्स) को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्।
राष्ट्रपति पौडेलले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं, चैत ३ : राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार चारवटा विधेयक प्रमाणीकरण गरेका छन्।

संघीय संसद्को दुवै सदनबाट पारित भएका चारवटा विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। 

राष्ट्रपति पौडेलले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार (इ-कमर्स) को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्।

ती विधेयकहरु संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १७:४७ बजे, आइतबार, चैत ३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्