Kathmandu Press

धनुषाको सबैला नगरपालिकामा दुई पक्षबीच झडप, प्रहरीले चलायो अश्रुग्यास

स्थिति तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको धनुषा प्रहरीले जनाएको छ। धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले स्थिति नियन्त्रणमा लिन आश्रुग्यास प्रहार गरेको बताए।
धनुषाको सबैला नगरपालिकामा दुई पक्षबीच झडप, प्रहरीले चलायो अश्रुग्यास

धनुषा, चैत ३ : धनुषाको सबैला नगरपालिकामा दुई पक्षबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। नगरपालिकामा दुई पक्षबीच झडप हुँदा प्रहरीले आश्रुग्यास प्रहार गरेको छ।

स्थिति तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको धनुषा प्रहरीले जनाएको छ। धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले स्थिति नियन्त्रणमा लिन आश्रुग्यास प्रहार गरेको बताए।

Hardik ivf

उनका अनुसार अश्रुग्यास प्रहार गर्दै प्रहरीले लाठीचार्ज पनि गरेको थियो। ‘एक पक्षले यादव चोक हुनुपर्छ भन्छन्, अर्को पक्षले यादव चोक स्वीकार नगर्ने भन्छन्, चोकको विषयमा दुई पक्षबीच झडप भयो,’ उनले भने।

Photo-(99)-1742123071.jpg
 
केलुवामोरका बासिन्दाले भठिहनमा ‘यादव चोक’ नामकरण गरेको थियो । ‘यादव चोक’को बोर्ड समेत सडकमा राखेपछि विवाद चुलिएको छ।

भठिहनका बासिन्दाले ‘यादव चोक’को नाममा आपत्ति जनाउँदै बोर्ड उखालेर प्रहरीको जिम्मा लगाएको थियो। आज विहानदेखि स्थानीयहरुले सवैला प्रहरी चौकी घेरेर नाराबाजी गरिरहेका छन्। 

Photo1-(14)-1742123066.jpg
 
प्रकाशित मिति: १६:५१ बजे, आइतबार, चैत ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्