Kathmandu Press

प्रचण्ड र परिवारका सदस्यविरुद्ध आपत्तिजनक टिप्पणी बढेपछि साइबर ब्युरोमा जाहेरी 

प्रचण्डसहित परिवारका सदस्यलाई जोडेर फेसबुकलगायत सामाजिक सञ्जालका प्लेटफर्ममा फेक आईडीसमेत बनाएर चरित्रहत्या गर्ने सामग्री पोष्ट गरिएपछि माओवादी कार्यकर्ताले साइबर ब्युरोमा उजुरी दिएका हुन्। 
प्रचण्ड र परिवारका सदस्यविरुद्ध आपत्तिजनक टिप्पणी बढेपछि साइबर ब्युरोमा जाहेरी 

काठमाडौं, चैत ३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि सामाजिक सञ्जालबाट आपत्तिजनक प्रकारका टिप्पणी बढेपछि साइबर ब्युरोमा उजुरी दर्ता भएको छ।

प्रचण्डसहित परिवारका सदस्यलाई जोडेर फेसबुकलगायत सामाजिक सञ्जालका प्लेटफर्ममा फेक आईडीसमेत बनाएर चरित्रहत्या गर्ने सामग्री पोष्ट गरिएपछि माओवादी कार्यकर्ताले साइबर ब्युरोमा उजुरी दिएका हुन्। 

Hardik ivf

अध्यक्ष प्रचण्ड तथा उनको परिवारका छोरी बुहारीहरूको बारेमा आपत्तिजनक पोष्टहरू गरिएका छन्। 

आपत्तिजनक र घृणित सामग्रीहरु पोष्ट गर्ने आईडीको पहिचान गरी त्यस्ता व्यक्तिमाथि कानूनबमोजिम कारवाही गर्न प्रमाणसहित वाइसिएलका कार्यकर्तालेसाइबर ब्युरोमा जाहेरी दिएका हुन्। 

जाहेरीपछि साइबर ब्युरोमा अनुसन्धान भइरहेको जनाइएको छ। फेसबुक आइडीको पहिचान गरेर कानूनको दायरामा ल्याइन जाहेरीमा माग गरिएको छ। 

प्रकाशित मिति: १६:०८ बजे, आइतबार, चैत ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्