बहराईनमा थप ३१ नेपालीमा कोरोना, कुवेतमा संक्रमित नेपालीको संख्या ६४ पुग्यो
काठमाडौं, वैशाख १९ : बहराइनमा थप ३१ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।
यो सँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या १५७ जना पुगेक....

काठमाडौं, वैशाख १९ : बहराइनमा थप ३१ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।
यो सँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या १५७ जना पुगेको बहराइनमा रहेको नेपाली दूतावास बहराइनले जनाएको छ। बहराइन सरकारले सबै नेपालीको आफ्ना नागरिक सरह नै उपचार गरिरहेको र अवस्था सामान्य रहेको दूतावासको भनाइ छ।
यस्तै, दूतावासले कोरोनाका कारण समस्या पर्ने नेपाली श्रमिकलाई आफ्नो विवरण टिपाउन अनुरोध समेत गरेको छ।
यसैगरी, कुवेतमा थप १३ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। बिहीबारसम्ममा कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ६४ पुगेको कुवेतका लागि नेपाली राजदूततावासले जानकारी दिएको छ ।
प्रकाशित मिति: ०७:१३ बजे, शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











