Kathmandu Press

रास्वपा मुख्यालयमा शिक्षकहरूको धर्ना

शुक्रबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय, पेरिस डाँडामा धर्ना दिएका शिक्षकहरूले आज रास्वपा पार्टी कार्यालयमा धर्ना दिएका हुन्।
रास्वपा मुख्यालयमा शिक्षकहरूको धर्ना

काठमाडौं, चैत ३ : नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन अन्तर्गत आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालय वनस्थलीमा धर्ना दिएको छ। 

शुक्रबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय, पेरिस डाँडामा धर्ना दिएका शिक्षकहरूले आज रास्वपा पार्टी कार्यालयमा धर्ना दिएका हुन्।

शिक्षकहरुले मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपा, बुधबार एमाले कार्यालयमा धर्ना दिएका थिए।

Hardik ivf

दोस्रो चरणको आन्दोलन अन्तर्गत उनीहरूले चैत ५ गतेसम्म विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरेका छन्। 

Photo-(1)-(75)-1742117585.jpg

विद्यालय शिक्षा ऐन यही हिउँदे अधिवेशनबाट जारी गर्नुपर्ने शिक्षक महासंघको  माग रहेको छ।

शिक्षकहरूको स्थायित्व, सेवा सुविधा, बालविकास कार्यक्रम, विशेष शिक्षा र सरकारी तथा निजी विद्यालयबीचको भेदभाव हटाउनुपर्ने मागसहित महासंघ दोस्रो चरणको आन्दोलनमा छ। 

महासंघले पहिलो चरणको आन्दोलनपछि पनि ठोस पहल नभएको भन्दै अब संघर्षलाई अझ सशक्त बनाउने चेतावनी दिएको छ। 

Photo-(4)-(32)-1742117584.jpg

पार्टी कार्यालयहरूमा धर्नाको कार्यक्रमपछि सांसदहरूसँग भेटघाट तथा चैत २० बाट पक्षीकरण, काठमाडौंमा रिले अनसन र काठमाडौं केन्द्रित अनिश्चितकालीन सडक आन्दोलन गर्ने महासंघको तयारी छ।

Photo-(6)-(23)-1742117584.jpg

Photo-(9)-(12)-1742117583.jpg

Photo-(8)-(15)-1742117582.jpg

प्रकाशित मिति: १५:२० बजे, आइतबार, चैत ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्