विश्वभर आन्तरिक विस्थापितको संख्या पाँच करोडभन्दा धेरै : आइडिएमसी
कोरोना भाइरसको खतरासँगै द्वन्द्व वा विपद्का कारण विश्वभरि आन्तरिक विस्थापितको संख्या पाँच करोडभन्दा धेरै भएको एउटा प्रतिवेदनले चेतावनी दिएको छ।
इन्टर्नल डिस्....
कोरोना भाइरसको खतरासँगै द्वन्द्व वा विपद्का कारण विश्वभरि आन्तरिक विस्थापितको संख्या पाँच करोडभन्दा धेरै भएको एउटा प्रतिवेदनले चेतावनी दिएको छ।
इन्टर्नल डिस्प्लेसमेन्ट मनिटरिङ सेन्टर (आइडिएमसी) को वार्षिक प्रतिवेदन अनुसार कोभिड १९ ले पहिले नै जोखिममा भएका लाखौंहरू थप जोखिममा पर्न सक्छन्।
हिंसाका कारण साढे चार करोड घरबाट विस्थापित भएका छन्। भूकम्प र बाढीजस्ता प्राकृतिक विपद्ले थप पचास लाख विस्थापित भएको आइडिएमसीले जनाएको छ। द्वन्द्व वा विपद्बाट भागेर देशभित्रै रहेका आन्तरिक विस्थापितहरूको संख्या अहिलेसम्मकै उच्च भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।
सन् २०१९ मा तीन करोड ३४ लाख नयाँ विस्थापितको संख्या थपिएको छ। यो सन् २०१२ यताकै सबैभन्दा वार्षिक तथ्याङ्क हो।
नोभेल कोरोनाभाइरसले साँघुरो र अस्वस्थ कामचलाउ आश्रय, अनौपचारिक बस्ती र शहरका छाप्रोबस्तीमा बस्नेहरूको जीवन झनै बनाउनेछ। यस्ता भीडभाड भएका स्थानमा कोभिड १९ फैलिन रोकथाम गर्ने सामाजिक दुरी र स्वास्थ्यका उपाय अवलम्बनन गर्न कठिन हुन्छ।
“आधारभूत सेवा र मानवीय सहायतामा पहुँच सीमित गरेर महाव्याधिले उनीहरूको अस्थायी बसोबास जोखिममा पार्छ,” आइडिएसीका निर्देशक एलेक्सान्ड्रा बिलाकले भनिन्।
महाव्याधिले नभए पनि विश्वभरि आन्तरिक विस्थापितको संख्या सामूहिक असफलताको सङ्केत भएको प्रतिवेदनमा उल्लेख छ। सिरियाको गृहयुद्धजस्ता द्वन्द्व समाधान गर्न सरकारहरूले काम गर्नुपर्ने आइडिएमसीले आह्वान गरेको छ। नौ वर्षअघि सुरू भएको द्वन्द्वमा आक्रामक सरकारबाट भाग्न सिरियामा डिसेम्बर यता करिब दश लाखले घर छाडेका छन्। प्रतिवेदनले कङ्गो, येमेन र अफ्गानिस्तानको द्वन्द्वलाई पनि उल्लेख गरेको छ।
जलवायु परिवर्तनको व्यवस्थापन र प्राकृतिक विपद्को तयारीका लागि धेरै काम गर्न सकिने प्रतिवेदनले सुझाव दिएको छ। चक्रवात र बाढीका कारण पोहोर साल लाखौं विस्थापित भएका छन्। आन्तरिक विस्थापितलाई महाव्याधिको समयमा स्वास्थ्य उपचारको पहुँच दिनुपर्ने र दीर्घकालमा विस्थापनको कारण सम्बोधन गर्न सरकारहरूलाई आग्रह गरिएको छ।
आइडिएमसीले इराकको अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ। पहिलो पटक कोरोनाभाइरस संक्रमित विस्थापित व्यक्ति त्यहीँ फेला परेका थिए। सिरिया, बुर्किना फासो र कोलम्बिया लगायतका देशमा विस्थापनको सङ्कट छ। संक्रमण पनि बढ्दो छ।
आइडिएमसीको प्रतिवेदनमा भाइरसले पनि आन्तरिक विस्थापन भइरहेको उल्लेख गरेको छ। प्रतिवेदन अनुसार देशव्यापी बन्दाबन्दीकै कारण भारतमा कम्तिमा ६ लाख आप्रवासी कामदार सयौं माइल हिँडेरै घर गए। आन्तरिक विस्थापितहरू प्राय: टाढाको यात्रा गर्ने निर्णय गर्दैनन्। सायद उनीहरू घर र परिवार नजिकै बस्न चाहन्छन् वा सीमा पार गर्ने पैसा पनि नहुनसक्छ।
धेरै जसो द्वन्द्वग्रस्त क्षेत्रजस्ता सहयोग पुर्याउन नसकिने स्थानमा अड्किन्छन्। सुरक्षाका लागि उनीहरू आफ्नै सरकारको भर परिरहेका हुन्छन्। उनीहरू भाग्नुको कारण यदाकदा त्यही सरकार हुन्छ वा युद्धका कारण नागरिकलाई सुरक्षित स्थल उपलब्ध गराउने क्षमता पनि हुँदैन।