Kathmandu Press

प्रधानमन्त्री ओली र इजरायलका राष्ट्रपतिबीच टेलिफोन वार्ता

काठमाडाैं, वैशाख १८ :  प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलका राष्ट्रपति रुभिन रिभलिनसँग टेलिफोन संवाद गरी नेपालीको सुरक्षा र कल्याणका विषय....

प्रधानमन्त्री ओली र इजरायलका राष्ट्रपतिबीच टेलिफोन वार्ता
फाइल

काठमाडाैं, वैशाख १८ :  प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलका राष्ट्रपति रुभिन रिभलिनसँग टेलिफोन संवाद गरी नेपालीको सुरक्षा र कल्याणका विषयमा बुझेका छन्। 

प्रधानमन्त्री ओलीसँगको वार्तामा इजरायलका राष्ट्रपति रिभलिनले नेपालीहरु आफन्तजस्तै बसेका हुँदा चिन्ता नलिन आग्रह गरेका हुन्।

“आज मेरो इजरायका महामहिम राष्ट्रपतिसँग टेलिफोन संवाद भयो, मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणको बारेमा चासो राखे”, प्रधानमन्त्रीले ओलीले ट्वीटरमा भनेका छन्, “उहाँले नेपालीहरु आफन्तजस्तै बसेका हुँदा चिन्ता नलिन भन्नुभयो।”    

प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि विभिन्न राष्ट्रका प्रमुखहरुसँग संवाद गरी आफ्ना नागरिकको सुरक्षा र कल्याणको विषयमा बुझिरहेका छन्।

प्रकाशित मिति: २०:०५ बजे, बिहीबार, वैशाख १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्