होलीमा झुम्यो बसन्तपुर [फोटो फिचर]
वसन्तपुरमा भेला भएका विदेशीहरू पनि रातो, निलो, हरियो, पहेँलोलगायत विभिन्न रङमा दलेर रमाइरहेका छन्। लोला हानेर र पिचकारीबाट पानी छ्यापेर पनि मानिसहरू रमाइरहेका छन्।![होलीमा झुम्यो बसन्तपुर [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1741848723.jpg)
काठमाडौं, फागुन २९ : आज होली पर्व। हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदैछ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइँदैछ।
होलीका अवसरमा काठमाडौं उपत्यकाको वसन्तपुरमा फागु पूर्णिमाको ठूलो उत्सव देख्न सकिन्छ।
त्यहाँ भेला भएका विदेशीहरू पनि रातो, निलो, हरियो, पहेँलोलगायत विभिन्न रङमा दलेर रमाइरहेका छन्। लोला हानेर र पिचकारीबाट पानी छ्यापेर पनि मानिसहरू रमाइरहेका छन्। होलीमा झुमेको वसन्तपुरका केही तस्बिरः























प्रकाशित मिति: १२:३३ बजे, बिहीबार, फागुन २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![यसरी भत्काउन थालियो सुकुम्बासी बस्ती [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777099140.jpg)
![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)

![कागबेनीमा श्राद्ध गर्नेहरूको भीड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1776401827.jpg)