Kathmandu Press

सुर्खेतबाट विप्लव समूहका केन्द्रीय सदस्य पक्राउ

सुर्खेत, वैशाख १८ : प्रहरीले नेत्रविक्रम चन्द  विप्लव समूहका केन्द्रीय सदस्य बालाराम सुनारलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टो....

सुर्खेतबाट विप्लव समूहका केन्द्रीय सदस्य पक्राउ

सुर्खेत, वैशाख १८ : प्रहरीले नेत्रविक्रम चन्द  विप्लव समूहका केन्द्रीय सदस्य बालाराम सुनारलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सुनारलाई आज घरबाटै पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीले लकडाउनमा घरमा आएर लुकीछिपी बसेको सूचना पाएपछि वीरेन्द्रनगर–४ स्थित घरबाट सुनारलाई पक्राउ गरिएको जानकारी दिए। प्रहरीका अनुसार सुनारमाथि दुई महिना अघि पश्चिम सुर्खेतमा प्रहरीसँग आक्रमण तथा जबरजस्ती चन्दा असुलीमा संलग्न रहेको लगायतका आरोप छन्। सुनार विप्लव समूहका पूर्वजिल्ला इञ्चार्जसमेत रहेको बताइएको छ।

प्रकाशित मिति: १७:४० बजे, बिहीबार, वैशाख १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्