Kathmandu Press

साढे २५ लाख धरौटीमा अग्रवाललाई छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं, वैशाख १८ : स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपको मालिक शुलभ अग्रवाललाई रिहा गर्न अदालतले आदेश दिएको छ। बिहीबा....

साढे २५ लाख धरौटीमा अग्रवाललाई छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं, वैशाख १८ : स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपको मालिक शुलभ अग्रवाललाई रिहा गर्न अदालतले आदेश दिएको छ। बिहीबार उनलाई साढे २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए।

न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले उनलाई रिहाको आदेश सुनाएको हो। 

थर्मलगन कालोबजारी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अग्रवाललाई पक्राउ गरेको थियो। करिब साढे तीन हजार पर्ने थर्मल गनलाई उनले १५ हजार भन्दा बढी मुल्यमा बिक्री गरिरहेको अवस्थामा प्रहरीले उनलाई रंगेहात पक्राउ गरेको थियो।
 

प्रकाशित मिति: १५:५३ बजे, बिहीबार, वैशाख १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्