नयाँ बानेश्वरमा ग्यास सिलिन्डर पड्किँदा तीन घाइते
काठमाडौं, वैशाख १८ : काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित देउराली क्लब नजिकै ग्यास सिलिन्डर पड्किँदा तीनजना घाइते भएका छन्।
स्थ....

काठमाडौं, वैशाख १८ : काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित देउराली क्लब नजिकै ग्यास सिलिन्डर पड्किँदा तीनजना घाइते भएका छन्।
स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारीसहित तीनजना घाइते भएको प्रहरीले जनाएको छ। गएराति भएको उक्त घटनाका घाइतेको निजामती अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अन्य दुई घाइतेको पहिचान खुलेको छैन।
महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसार सिलिन्डर पड्किँदा पसल नजिकै रहेको बा७१प ७४१ नंको स्कुटरसमेत जलेर नष्ट भएको भएको छ।
प्रकाशित मिति: १५:०८ बजे, बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार