Kathmandu Press

महोत्तरीको भंगहामा थप दुईको मृत्यु, सातामै ७ जनाको ज्यान गएपछि स्थानीय त्रसित

काठमाडौं, वैशाख १८ : महोत्तरीको भंगहा नगरपालिका- ७, मेघनाथ गोरहन्नामा थप दुई जनाको मृत्यु भएको छ। बुधबार राति ३२ वर्षीय सिकिन्दर सिंह र बिहीबार दिउँसो....

महोत्तरीको भंगहामा थप दुईको मृत्यु, सातामै ७ जनाको ज्यान गएपछि स्थानीय त्रसित

काठमाडौं, वैशाख १८ : महोत्तरीको भंगहा नगरपालिका- ७, मेघनाथ गोरहन्नामा थप दुई जनाको मृत्यु भएको छ। बुधबार राति ३२ वर्षीय सिकिन्दर सिंह र बिहीबार दिउँसो ५५ वर्षीय सिताई महराको मृत्यु भएको हो।

मंगलबार र बुधबार मात्र सोही टोलका ४० वर्षीय मोहन चौधरी, ५२ वर्षीय नथुनी चमार, ५४ वर्षीय लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षीय गंगाराम सदाको मृत्यु भएको थियो। सोही बस्तीमा एकसाता अघि ५५ वर्षीय महेन्द्र चौधरीको पनि मृत्यु भएको थियो।

योसँगै एक साता भित्र मेघनाथ गेहन्ना टोलमा ७ जनाको मृत्यु भएको भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले बताए। विशाक्त मदिरा सेवनको कारण उनीहरुको मृत्यु भएको हुनसक्ने आशंका गरिएपनि ५ जनाको शव जलाइसकेकोले मृत्यु कारण भने पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ। 

एक एक गरी टोलमा मानिसको मृत्यु हुनुथालेपछि स्थानीय त्रसित बनेका छन्।  बिहीबार राति मृत्यु भएका सिकन्दरको शव पोष्टमार्टमको लागि लगिएको छ। मृत्युको कारणबारे रिपोर्ट आएपछि मात्र पत्ता लाग्ने प्रहरीले जनाएको छ। मृतकको कारोना परीक्षण पनि गरिने महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए। 

प्रकाशित मिति: १४:४८ बजे, बिहीबार, वैशाख १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्