सांसद अपहरणकाे उजुरी राष्ट्रिय मानवअधिकार आयोगमा दर्ता
काठमाडौं, वैशाख १८ : जनता समाजवादी पार्टीका सांसद् डा. सुरेन्द्र यादव अपहरणको उजुरी राष्ट्रिय मानवअधिकार आयोगमा दर्ता भएको छ।
यादवलाई &lsquo....

काठमाडौं, वैशाख १८ : जनता समाजवादी पार्टीका सांसद् डा. सुरेन्द्र यादव अपहरणको उजुरी राष्ट्रिय मानवअधिकार आयोगमा दर्ता भएको छ।
यादवलाई ‘अपहरण शैली’मा जनकपुरबाट काठमाडौं ल्याउन भूमिका खेलेको भन्दै जसपाले नेकपा सांसद्द्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नाममा किटानी उजुरी दर्ता गराएको सांसद् समेत रहेका अधिवक्ता कृष्ण शर्माले जानकारी दिए।
केही दिन अघि जनकपुरमा रहेका सांसद् यादवलाई लिन प्रधानमन्त्री केपी ओलीको निर्देशनमा यादवलाई अपहरण शैलीमा काठमाडौं ल्याइएको थियो। उक्त घटनालाई लिएर जसपाले सुरुमा काठमाडौंको टेकुस्थित महानगरीय प्रहरी परिसरमा उजुरी दर्ता गराउन खोजेको थियो।
प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा दर्ता गर्न खोजियो। त्यहाँ पनि उजुरी दर्ता नभएपछि जासपा मानवअधिकार आयोग पुगेको हो।











