Kathmandu Press

प्रदेश १ मा कोभिड–१९ परीक्षणको दायरा बढाउन माग

विराटनगर, वैशाख १८ : प्रदेश नं १ का जिल्ला समन्वय समिति (जिसस)का प्रमुखहरुले कोरोना भाइरसको परीक्षणको दायरा बढाउन माग गरेका छन्। सामाजिक विकासमन्....

प्रदेश १ मा कोभिड–१९ परीक्षणको दायरा बढाउन माग

विराटनगर, वैशाख १८ : प्रदेश नं १ का जिल्ला समन्वय समिति (जिसस)का प्रमुखहरुले कोरोना भाइरसको परीक्षणको दायरा बढाउन माग गरेका छन्। सामाजिक विकासमन्त्री जीवन घिमिरेसँगको बुधबार साँझ आयोजित भिडियो कन्फ्रेन्समा उनीहरुले संयुक्त रुपमा परीक्षणका लागि र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) विधिलाई बढाउन माग गरेका हुन्।

उनीहरुले क्वारेन्टाइनमा बसेकाहरुको अनिवार्य आरडिटी गर्नुपर्नेमा जोड दिँदै १४ दिने क्वारेन्टाइन अवधि सकिन लागेको तर्फ मन्त्री घिमिरेकोको ध्यानाकर्षण गराएका थिए। समितिका प्रमुखहरुले क्वारेन्टाइनमा बसेकाको संख्याका आधारमा किट पठाउन अनुरोध गरेका छन्। इलामका जिसस प्रमुख गणेश बरालले आरडिटी किट अभाव भएको कारण क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण गर्न नपाएको बताए। इलाममा स्वास्थ्यकर्मी र औषधिको समेत अभाव भएको उनले बताए।

यस्तै झापाका जिसस प्रमुख सोमनाथ पोर्तेलले किट अभावमा भारतलगायत तेस्रो देशबाट आएर होम क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण गर्न नसकिएको बताए। उनले झापामा विभिन्न देशहरुबाट एक सय जना प्रवेश गरेको जानकारी दिँदै सीमा क्षेत्रमा सुरक्षा कडा पारिएको बताए।

तेह्रथुमका जिसस प्रमुख शिव ढुङ्गानाले बाहिरी जिल्लाबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने गरिएको जानकारी दिँदै अन्य जिल्लाबाट यस क्षेत्रमा आउनेहरुको संख्या घटेको बताए। तेह्रथुममा ३७४ जनाको आरडिटी गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए। 

संखुवासभाका जिसस प्रमुख सुमन शाक्यले काठमाडौंलगायतका विभिन्न जिल्लाबाट प्रवेश गरेकालाई क्वारेन्टाइनमा राख्ने गरेको बताउँदै जिल्लामा स्वास्थ्यकर्मीको अभाव भएको जानकारी दिउ। ओखलढुंगाका जिससप्रमुख जयबहादुर श्रेष्ठले काठमाडौं र बाहिरी जिल्लाबाट प्रवेश गर्नेहरुलाई अनिवार्य आरडिटी गर्ने गरिएको बताउँदै अहिलेसम्म २३१ जनाको परीक्षण गरिएकामा  सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।

सामाजिक विकासमन्त्री घिमिरले प्रत्येक जिल्लालाई दोस्रो चरणमा ३६० का दरले किट पठाएको  जानकारी दिँदै प्रकोप भएका जिल्लामा आवश्यकताका आधारमा थप किट पठाइन जानकारी दिए। उनले प्रदेशका १४ जिल्लाका स्वास्थ्यकर्मीलाई शंकास्पद व्यक्तिको थ्रोट स्वाब संकलन गर्नेसम्बन्धी तालिम प्रदान गरेको बताए।

मन्त्री घिमिरेले घडी हेरेर लकडाउन नखुल्ने भन्दै वडा, पालिका, जिल्ला गर्दै लकडाउन खुल्ने विचार व्यक्त गरे।

प्रकाशित मिति: १२:३१ बजे, बिहीबार, वैशाख १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्