Kathmandu Press

पौडेललाई जापान सरकारले उत्कृष्ट विभुषण प्रदान गर्ने

काठमाडौं, वैशाख १८ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उत्कृष्ट विभुषण प्रदान गर्ने भएको छ।

नेपाल र जापानब....

पौडेललाई जापान सरकारले उत्कृष्ट विभुषण प्रदान गर्ने

काठमाडौं, वैशाख १८ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उत्कृष्ट विभुषण प्रदान गर्ने भएको छ।

नेपाल र जापानबीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेता पौडेललाई जापान सरकारले सम्मान गर्ने भएको हो।

‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड’ मार्फत पौडेललाई सम्मान गरिने जापानी दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

पौडेल प्रतिनीधिसभाको सभामुख भएको समयमा जापान नेपाल फ्रेन्डशिप पार्लियामेन्टेरियन कमिटी गठन गरेर सांसदहरुबीच अनुभव साटासाट गर्न भूमिका खेलेकाले जापान सरकारले अवार्ड प्रदान गरेको दूतावासले जनाएको छ।

प्रकाशित मिति: १२:१४ बजे, बिहीबार, वैशाख १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्