Kathmandu Press

भारतमा रहेका दुई हजार मजदुरलाई स्वदेश ल्याइँदै

दार्चुला, वैशाख १८ : लकडाउनका कारण एक महीनादेखि सीमानामा रहेका नेपाली मजदुरलाई आज स्वदेश ल्याउन थालिएकाे छ।

कोरोना भाइरसको संक्रमणका कारण भा....

भारतमा रहेका दुई हजार मजदुरलाई स्वदेश ल्याइँदै
फाइल फाेटाे

दार्चुला, वैशाख १८ : लकडाउनका कारण एक महीनादेखि सीमानामा रहेका नेपाली मजदुरलाई आज स्वदेश ल्याउन थालिएकाे छ।

कोरोना भाइरसको संक्रमणका कारण भारतमा लकडाउन गरिएपछि थुप्रै नेपाली मजदुर स्वदेश फर्किन सीमानामा पुगेका थिए। दार्चुला र बैतडीको सीमानामा पुगेका उनीहरुलाई भारतमै रोकिएको थियो।

दार्चुलाको सीमा शहर भारतको धार्चुला र बैतडीको सीमा शहर झुलाघाटमा नेपाली मजदुरलाई रोकिएको थियो। नेपाली प्रशासनले सीमा नाका नखोलेपछि उनीहरु भारतमै रहन बाध्य भएका थिए। करिब दुई हजार नेपाली मजदुर सीमानामै रोकिएका थिए।

भारतको धार्चुलामा रहेका एक हजार ६१ जनालाई आज नेपाल प्रवेश गराउँन थालिएकाे दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए। उनका अनुसार, नेपाल फर्कन चाहनेहरुलाई आउन दिइनेछ।

त्यस्तै, भारतको झुलाघाट नाकामा रहेका आठ सय ३७ जनालाई पनि नेपाल ल्याउन लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।

भारतका विभिन्न क्वारेन्टाइनमा बसेका र अन्य स्वदेश फर्कन चाहनेलाई आउने दिइने भएको हो। उनीहरूलाई भौतिक दूरी कायम गरेर भित्र्याउने र स्वास्थ जाँच गरिने स्थानीय प्रशासनले जनाएको छ।

स्वदेश फर्किएका मजदुरहरुले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ। उनीहरुको स्वास्थ्य परीक्षण गरेपछि मात्रै घर पठाइने जनाएको छ।

 

प्रकाशित मिति: ११:०० बजे, बिहीबार, वैशाख १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्