Kathmandu Press

बलिउड अभिनेता ऋषि कपूरको निधन

काठमाडौं, वैशाख १८ : बलिउड अभिनेता ऋषि कपूरको निधन भएको छ। आज बिहान ६७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हाे।

उनी लामो समयदेखि क्यान्सर....

बलिउड अभिनेता ऋषि कपूरको निधन
एजेन्सी

काठमाडौं, वैशाख १८ : बलिउड अभिनेता ऋषि कपूरको निधन भएको छ। आज बिहान ६७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हाे।

उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए। सन् २०१८ मा क्यान्सर पत्ता लागेपछि न्यूयोर्कमा उपचार गरिएको थियो। ११ महीनाको उपचार पछि निको भएर भारत फर्केका थिए।

अभिनेता कपूर तीन महिनादेखि पुनः अस्वस्थ बनेका थिए। उनलाई स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स फाउन्डेस हस्पिटलमा भर्ना गरिएको थियो।

उनको आज बिहान उपचारका क्रममा निधन भएको बलिउड अभिनेता अमिताभ बच्चनले ट्वीट गरेर सार्वजनिक गरेका छन्। यसबाट आफू दुःखी रहेको बच्चनले जनाएका छन्।

अभिनेता कपूरकाे पछिल्लो समय 'शर्माजी नमकिन'को सुटिङमा थिए। सुटिङकै क्रममा उनलाई समस्या भएको थियो।

उनी बलिउड अभिनेता रणवीर कपूरका बुवा हुन्।

बलिउड दुई अभिनेता गुमाएकाे छ। म‌ंगलबार अभिनेता इरफान खानकाे निधन भएकाे थियाे। उनी पनि क्यान्सरबाटै पीडित थिए।

 

प्रकाशित मिति: १०:१० बजे, बिहीबार, वैशाख १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्