Kathmandu Press

कोरिया जाने कामदारले टेकुमा कोरोना परीक्षण गराउनु पर्ने

काठमाडौं, वैशाख १८ : वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले दक्षिण कोरिया काममा फर्कन चाहने कामदारले स्वास्थ्य परीक्षण गराउने भएको छ । शा....

कोरिया जाने कामदारले टेकुमा कोरोना परीक्षण गराउनु पर्ने

काठमाडौं, वैशाख १८ : वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले दक्षिण कोरिया काममा फर्कन चाहने कामदारले स्वास्थ्य परीक्षण गराउने भएको छ । शाखाले स्वास्थ्य सेवा विभाग टेकुमा गएर स्वास्थ्य परीक्षण गराउन कामदारलाई अनुरोध गरेको छ ।

शाखाले सूचना जारी गर्दै ईपीएस प्रणाली अन्तर्गत दक्षिण कोरियामा काम गर्न जाने अनुमति प्राप्त वैध प्रवेषाज्ञा भएका हाल विदामा नेपाल रहेका कामदारलाई उक्त कुरा जानकारी गराएको हो ।  

निज व्यक्ति स्वास्थ्य परीक्षण गराई आफ्नै खर्चमा चार्टड उडानबाट कोरिया जान स्वीकृति दिने नेपाल सरकारले निर्णय गरिसकेको छ।
 

प्रकाशित मिति: ०८:४७ बजे, बिहीबार, वैशाख १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्