Kathmandu Press

संसद वैठक बोलाउन प्रतिपक्षी काँग्रेसको माग 

काठमाडौं, वैशाख १८ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस जोखिमको कारण उत्पन्न परिस्थिति, बजेट र अन्य विषयबारे तत्काल छलफल गर्नका लागि ....

संसद वैठक बोलाउन प्रतिपक्षी काँग्रेसको माग 

काठमाडौं, वैशाख १८ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस जोखिमको कारण उत्पन्न परिस्थिति, बजेट र अन्य विषयबारे तत्काल छलफल गर्नका लागि संघीय संसद्को बैठक बोलाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ ।  

काँग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले राहतमा तीव्रता दिन र  अर्थतन्त्रका विभिन्न क्षेत्रमा परेको प्रतिकूल प्रभावलाई ध्यानमा राखी तत्काल आवश्यक कार्ययोजना ल्याउन माग गरेको हो ।

कोरोनाको जोखिम सामना गर्न मुलुकलाई जरुरी पर्ने ठूलो रकमका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, सांसद विकास कोषको नीति खारेज गरेर कोरोनाविरुद्धको सचेतना, सामग्री, राहत र उपचारमा रकम पर्याप्त प्रबन्ध गर्न बैठकले सरकारसँग माग गरेको हो ।

 पिसिआर प्रविधिमार्फत परीक्षणलाई ७७ जिल्लामै व्यापक तीव्रता दिंँदै संक्रमणको उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत सबैलाई आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्रीको यथेष्ट व्यवस्था तत्काल मिलाउन पनि बैठकले माग गरेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

पार्टीले देशभरिका क्वारेन्टाइनलाई उचित मापदण्डनुरुपको व्यवस्थापन तत्काल गर्न÷गराउन तीनै तहको सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ । 
 

प्रकाशित मिति: ०७:२७ बजे, बिहीबार, वैशाख १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्