अमेरिकामा साढे ६१ हजार वढीको मृत्यु, संक्रमित १० लाख नाघे
काठमाडौं, वैशाख १८ : ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६१ हजार नाघेको छ ।
यो समाचार तयार पार....

काठमाडौं, वैशाख १८ : ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६१ हजार नाघेको छ ।
यो समाचार तयार पार्दासम्म थप २ हजार ३५२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६१ हजार ६१८ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ५८६ जना नयाँ संक्रमित थपिएका छन् ।
योसँगै संक्रमित हुने मानिसको संख्या १० लाख ६३ हजार ३५१ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये १ लाख ४७ हजार ११४ जना उपचारपछि निको भएका छन् ।
प्रकाशित मिति: ०७:१५ बजे, बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











