Kathmandu Press

नेकपा सचिवालयको बैठक निष्कर्षविहीन, अर्को बैठक २० गते बस्ने 

काठमाडौं, वैशाख १७ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विनानिष्कर्ष सकिएको छ।

बुधबार प्रधानमन्त्री ....

नेकपा सचिवालयको बैठक निष्कर्षविहीन, अर्को बैठक २० गते बस्ने 

काठमाडौं, वैशाख १७ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विनानिष्कर्ष सकिएको छ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठक ठोस निर्णय गर्न सकेन। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सचिवालयको अर्को बैठक पुनः २० गते बस्नेछ।

पछिल्लो समय नेकपाभित्र  शक्ति संघर्ष र आन्तरिक किचलो देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्नेमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह छ।

तर, प्रधानमन्त्री ओली भने कुनै पनि हालतमा पद नछोड्ने मनस्थितिमा छन्। त्यसका लागि उनले सांसदहरुको हस्ताक्षर संकलन समेत गरिरहेका छन्। 

आजको बैठकमा केही महत्वपूर्ण निर्णय लिने बताइएको थियो। तर, बैठक २० गते पुनः बस्ने गरी सकियो। अब २० गते बस्ने बैठकले नै स्थायी कमिटीको बैठक बोलाउनेबारे निर्णय गर्ने प्रवक्ता श्रेष्ठले बताए।

‘बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकता सुदृढीकरणको महत्व सरकार र केहीले माग गरेको स्थायी कमिटी बैठकबारेमा छलफल भयो। यसबीचमा पार्टी नेतृत्व टिमले अनौपचारिक गृहकार्यको प्रक्रिया अघि बढाउँदै २० गते सचिवालयको बैठक बस्ने निर्णय गरेको छ,’ उनले भने, ‘सबै विषयमा अहिलको आवश्यकतासँग मेल खाने, पार्टी एकताबद्ध ढंगले अघि बढाउने र जनताको म्यान्डेड अनुसार सामाजिक आर्थिक रुपान्तरण गर्ने सन्दर्भमा उपयुक्त निर्णय लिनेछ। सोही बैठकले पनि स्थायी कमिटीको बैठकको निर्णय गर्नेछ।’

प्रकाशित मिति: २१:१४ बजे, बुधबार, वैशाख १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्