Kathmandu Press

कर्मकाण्ड गर्ने गुरुलाई सवारी पास उपलब्ध गराउन माग

काठमाडौं, वैशाख १७ : सांस्कृतिक छात्र संघ नेपालले विभिन्न अत्यावश्यक कर्मकाण्ड सञ्चालन गर्ने गुरुहरुलाई सवारी पास उपलब्ध गराउन माग गरेका छन्।

....
कर्मकाण्ड गर्ने गुरुलाई सवारी पास उपलब्ध गराउन माग
स‌ंकेतिक तस्बिर

काठमाडौं, वैशाख १७ : सांस्कृतिक छात्र संघ नेपालले विभिन्न अत्यावश्यक कर्मकाण्ड सञ्चालन गर्ने गुरुहरुलाई सवारी पास उपलब्ध गराउन माग गरेका छन्।

नेपालको बहुसंख्यक नागरिक हिन्दू धर्ममा आस्था राख्ने भएकाले हिन्दू परम्पराअनुसार सञ्चालन हुने तिथि कर्म सञ्चालन गर्ने पुरोहितको लागि सवारी पास आवश्यक भएकाले उपलब्ध गराउन माग गरेको सांस्कृतिक छात्र संघ नेपालका अध्यक्ष सुशान्त आचार्यले बताए।

पैँतीस दिनदेखिको लकडाउनले मठमन्दिरको दैनिक पूजा आरधनाको काम गर्न समस्या भएको भन्दै पासको आवश्यकता परेको आचार्यले बताए। आचार्य भन्छन्, “हाम्रो परम्परामा मन्दिरको दैनिक पूजा, दशगात्रादि कर्म साथै तिथि श्राद्ध, न्वारनजस्ता क्रिया नियमित हुने भएकाले उक्त संघको सिफारिसमा आवतजावतको लागि पास आवश्यक परेको हो।

प्रकाशित मिति: १९:२१ बजे, बुधबार, वैशाख १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्