नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु
काठमाडौं, वैशाख १७ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ....

काठमाडौं, वैशाख १७ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि सचिवालयको बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। सचिवालय बैठकमा सचिलायका सबै नेताहरु उपस्थित भएका छन्।
पार्टीभित्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि स्थायी कमिटीको बैठक बोलाउन संस्थापन इतर समूहले दबाब दिइरहेको छ। आजको सचिवालय बैठकले स्थायी कमिटीको मिति तोक्न सक्ने बताइएको छ।
प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम लगायत नेताहरु रुष्ट छन्। उनीहरुले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीबाट तत्काल राजीनामा दिन दबाब दिँदै आएका छन्।
तर, प्रधानमन्त्री ओलीले भने प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछोड्ने बरु परिआउने सबै खाले परिस्थितिको सामना गर्ने चेतावनी दिँदै आएका छन्।











