Kathmandu Press

बलिउड अभिनेता इरफानको अन्तिम संस्कार आजै हुने 

काठमाडौं, वैशाख १७ : बुधबार निधन भएका बलिउड अभिनेता इरफान खानको आजै साँझ अन्तिम संस्कार हुने भएको छ।

कोरोना भाइरसको विश्वव्यापी फैलावट रोक्न....

बलिउड अभिनेता इरफानको अन्तिम संस्कार आजै हुने 

काठमाडौं, वैशाख १७ : बुधबार निधन भएका बलिउड अभिनेता इरफान खानको आजै साँझ अन्तिम संस्कार हुने भएको छ।

कोरोना भाइरसको विश्वव्यापी फैलावट रोक्न भारतमा लकडाउन भएका कारण उनको अन्तिम संस्कारमा २० जनाभन्दा बढी सहभागी हुन नपाउने भएका छन्। 
भारतीय संचारमाध्यमले इरफानको अन्तिम संस्कारमा २० जनामात्र सहभागी हुन पाउने अनुमती पाएको जनाएको छ। भारतीय सयम साँझ ६ बजे उनको अन्तिम संस्कार मुम्बईमा गरिदैछ। 

बलिउड कलाकारको निधनमा लाखौं मानिसको भीड लाग्ने गरेको थियो। कोरोना र लकडाउनले गर्दा उनको अन्तिम संस्कार भने उक्त दृश्य देख्न पाइने छैन। 
लामो समयदेखि न्यूरोन्एडोक्राइन टयूमरसँग लड्दै आएका इरफानको बुधबार बिहान निधन भएको थियो। 

इरफानको मृत्युमा बलिउड शोकमग्न भएको छ। भारतीय कलाकारले सामाजिक सञ्जालमार्फत उनीलाई श्रद्धाञ्जली दिइरहेका छन्।

प्रकाशित मिति: १८:०९ बजे, बुधबार, वैशाख १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्