Kathmandu Press

भुल्केका थप ३३ जनाको स्वाब नमूना संकलन 

उदयपुर, वैशाख १७ : उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा मगलबार थप ३३ जनाको स्वाब नमूना संकलन गरिएको छ।जिल्ला स्वास्थ्य कार्यालय उदयपुरक....

भुल्केका थप ३३ जनाको स्वाब नमूना संकलन 

उदयपुर, वैशाख १७ : उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा मगलबार थप ३३ जनाको स्वाब नमूना संकलन गरिएको छ।जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार भुल्केका ५५ घर मुस्लिम समुदायका केही परिवारमा मात्र कोरोना संक्रमण देखिएको भए पनि अहिले अन्य समुदायका मानिसले पनि आफूहरुको स्वाब नमूना संकलन र परीक्षण हुनुपर्ने माग गरेपछि थप ३३ जनाको स्वाब परीक्षणको लागि संकलन गरिएको हो।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार अहिलेसम्म भुल्केमा ३३४ व्यक्तिको स्वाब नमूना संकलन गरिएको छ। तीमध्ये २८ जनामा कोरोना संक्रमण देखिएको छ। मुस्लिमबाहेक अन्य समुदायका स्थानीयले पनि आफूहरुको स्वाब नमूना संकलन र परीक्षण हुनुपर्ने माग गरेपछि मंगलबार थप ३३ जनामा स्वाब नमूना संकलन गरेर परीक्षणका लागि विराटनगर पठाइएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।

भुल्केमा ५५ घर मुस्लिम समुदाय र बाँकी ३०० घर अन्य समुदायका छन्। भुल्केवासीले प्रत्येक घरका सदस्यको स्वाब परीक्षण गर्न माग गरेपछि स्वास्थ्य कार्यालय उदयपुरले विभिन्न समग्री तथा उपकरण व्यवस्थापन गर्दै भुल्केमा स्वाब नमूना संकलनको दायरा बढाउँदै लगेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।

प्रकाशित मिति: १६:५० बजे, बुधबार, वैशाख १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्