Kathmandu Press

भौगोलिक जोखिममा रहेका चार हजार २०४ भूकम्पपीडितलाई जग्गाको व्यवस्था

काठमाडौं, वैशाख १७ : असुरक्षित स्थानमा रहेका भूकम्पपीडित लाभग्राहीमध्ये चार हजार २०४ लाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको राष्ट्रिय प....

भौगोलिक जोखिममा रहेका चार हजार २०४ भूकम्पपीडितलाई जग्गाको व्यवस्था

काठमाडौं, वैशाख १७ : असुरक्षित स्थानमा रहेका भूकम्पपीडित लाभग्राहीमध्ये चार हजार २०४ लाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ।

आठ हजार ७४४ भूमिहीन तथा सुकुम्वासी लाभग्राहीलाई जग्गा खरिद र अन्य वैकल्पिक व्यवस्था गरी जग्गा उपलब्ध गराई निजी आवास पुनःनिर्माण गर्ने वातावरण मिलाइएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए। 

भौगोलिकरूपमा पहिरो, बाढीलगायत जोखिममा रहेका भूकम्पपीडितलाई प्राधिकरणले पुनःनिर्माणका लागि जग्गा व्यवस्था गरेको हो। यसैगरी ४३ वटा एकीकृत बस्तीको योजना स्वीकृत भएको छ। हालसम्म नौ वटा एकीकृत बस्तीको पुनःनिर्माण सम्पन्न भइसकेको छ। २७ वटा निर्माणाधीन छन्। विभिन्न जिल्लामा ७६२ किमी सडक पुनर्निर्माण गर्नुपर्नेमा ४४३ किमीको काम सम्पन्न भएको छ। ३१९ किमी सडकको पुनःनिर्माण अन्तिम चरणमा छ।  

पुनःनिर्माणका क्रममा हालसम्म सरकार र दातृ निकायबाट तीन खर्ब नौ अर्ब रुपैयाँ र गैरसरकारी संस्थामार्फत ७२ अर्ब रुपैयाँ गरी तीन खर्ब ८१ अर्ब रुपैयाँ खर्च भएको छ। कोभिड १९ अर्थात कोरोना भाइरसको महामारीबाट बच्न एक महिनादेखि लकडाउन जारी रहेकाले पुनःनिर्माणका काममा असर परेको प्राधिकरणले जनाएको छ। कोरोनाबाट स्थिति सहज हुनासाथ पूर्ववत्रूपमा नै पुनःनिर्माणका काम हुने विश्वास पनि प्राधिकरणले लिएको छ। 

कोरोनाका कारण जारी बन्दाबन्दीले पुनःनिर्माण र पुनःस्थापनाका बाँकी काम सम्पन्न गर्न चुनौती भने थपिदिएको उनले बताए।

प्रकाशित मिति: १६:३६ बजे, बुधबार, वैशाख १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्