Kathmandu Press

भक्तपुर नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं, वैशाख १७ : युवा व्यवसायी समाज, भक्तपुर इटा उद्योग व्यवसायी संघ र भक्तपुर ट्रक व्यवसायी संघ भक्तपुरले भक्तपुर नगरपालिकालाई स्वास्थ्....

भक्तपुर नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं, वैशाख १७ : युवा व्यवसायी समाज, भक्तपुर इटा उद्योग व्यवसायी संघ र भक्तपुर ट्रक व्यवसायी संघ भक्तपुरले भक्तपुर नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ।उनीहरुले नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई पीपीई, स्यानिटाइजर, थर्मलगन लगायतका स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेका हुन्।

नगरपालिकाले उक्त स्वास्थ्य सामाग्री महानगरीय प्रहरी परिसर भक्तपुर, भक्तपुर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरिसकेको छ। सहयोग स्वरुप प्राप्त सामग्री तथा रकम नगरपालिकाद्वारा सञ्चालित विपद् व्यवस्थापन कोषमा जम्मा गरी आवश्यकता अनुसार वितरण गरिदै आएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले कोरोना भाइरसको संक्रमण जोखिम न्यूनिकरण गर्न सरकारले मुलुकभर लकडाउन जारी गरेपछि विपन्न बर्गलाई आवश्यक सहयोग उपलव्ध गराउने उदेश्यले विपद व्यवस्थापन कोष स्थापना गरेको थियो। कोषमा सहयोग गर्न चाहने व्यक्ति, संघ, संस्थाहरुले नेपाल बैंकको खाता नं ०१९००१०६६३७८५८०००००१ मा रकम जम्मा गर्न सकिने नगरपालिकाले जनाएको छ। 

जिन्सी सहयोग गर्न चाहनेहरुले नगरपालिकाको कार्यालय व्यासी भक्तपुरमा सम्पर्क गर्न नगरपालिकाले आव्हान गर्दै आएको छ।

प्रकाशित मिति: १६:२७ बजे, बुधबार, वैशाख १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्