Kathmandu Press

महेश बस्नेतको दाबी: प्रधानमन्त्रीका पक्षमा ६४ जना सांसदको हस्ताक्षर भयो, १०० पुर्‍याउँछौँ 

काठमाडाैं, वैशाख १७ : नेकपाका अध्यक्ष एव‌ं प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर सा‌ंसदहरूले हस्ताक्षर अभियान चलाएका छन्। प्रधानमन्त्री ओली सु....

महेश बस्नेतको दाबी: प्रधानमन्त्रीका पक्षमा ६४ जना सांसदको हस्ताक्षर भयो, १०० पुर्‍याउँछौँ 
फाइल

काठमाडाैं, वैशाख १७ : नेकपाका अध्यक्ष एव‌ं प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर सा‌ंसदहरूले हस्ताक्षर अभियान चलाएका छन्। प्रधानमन्त्री ओली सुरक्षित रहेको देखाउन उनी पक्षधर सांसदहरूले हस्ताक्षर अभियान सुरू गरेका हुन्।

प्रधानमन्त्री ओली निकटका सांसद् महेश बस्नेतले अहिलेसम्म टाउको गनेरै ६४ जना सांसद् बालुवाटारमा रहेको दाबी गरे। उनले आज बस्ने सचिवालयको बैठकमा बहुमत देखाउनु परे देखाउने गरी तयारी अवस्थामा रहेको पनि बताए। 

‘हामी अहिले ६४ जना सांसद्हरु प्रधानमन्त्री केपी ओलीको पक्षमा बालुवाटारमा बसेका छौँ। सचिवालयको बैठक उहाँविरुद्ध गए उहाँकै पक्षमा रहेको भनेर हस्ताक्षर बुझाउने गरी बसेका छौँ,’ सांसद् बस्नेतले भने, ‘मसहित खगराज अधिकारी, प्रेम ओले, गणेश ठगुन्ना, शान्ता चौधरी लगायतका ६४ जना सांसद् टाउकै गनेर बालुवाटारमा छौं। केही सांसद् आउने क्रममा हुनुहुन्छ। लगभग १०० जना प्रधानमन्त्रीकै पक्षमा रहेको भनेर आवश्यक परे हस्ताक्षर बुझाउँछौँ।’ 

पार्टी निर्णय नमानेको तथा सरकारका काम कारवाहीप्रति सन्तोषजनक नरहेको भन्दै चर्को विरोध भएपछि प्रधामन्त्री ओलीपार्टीभित्रै अल्पमतमा पर्दै आएका छन्। 

यता ओलीनिकट सांसद् नवीना लामाले भने हस्ताक्षर अभियान सञ्चालन नभएको र आफूले कहीँकतै हस्ताक्षर नगरेको बताइन्। प्रधानमन्त्रीले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टीभित्रका असन्तुष्टि सचिवालय बैठकले हल गर्ने भनेको बताइन्।

प्रकाशित मिति: १५:२६ बजे, बुधबार, वैशाख १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्