Kathmandu Press

अमेरिकामा कोरोनाको संक्रमणबाट १५ जना नेपालीको मृत्यु

वासिङ्टन डिसी, वैशाख १७ : अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक नेपालीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा अमेरिका....

अमेरिकामा कोरोनाको संक्रमणबाट १५ जना नेपालीको मृत्यु

वासिङ्टन डिसी, वैशाख १७ : अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक नेपालीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दैआउनुभएका महेश पन्थी रहेका छन्। बिरामी भएर गत चैत २६ गते उनी अस्पतालमा भर्ना भएका थिए।  उनीसमेत गरी अमेरिकामा मृत्यु हुने नेपालीको संख्या १५ पुगेको छ। तीमध्ये न्यूयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जना रहेका छन्। 

मेरिल्याण्ड राज्यका विधायक ह्यारी भण्डारीले दिएको जानकारीअनुसार १५ जनामध्ये सबैलाई कोरोना सङ्क्रमित भनेर पुष्टि गर्ने मजबुत आधार त छैन, तर कोरोना सङ्क्रमणका कारण मनोवैज्ञानिक त्रासले केही नेपालीको हृदयघातका कारणले पनि मृत्यु भएको देखिन्छ। ‘अरु रोग लागेका व्यक्तिमा कोरोनाको सङ्क्रमणले छिटो आक्रमण गर्ने र मानिसको रोगप्रतिरोधी क्षमता कमजोर गराइ मृत्यु नजिक पुर्‍याउने गरेको देखिन्छ,’उनले भने।

यसैबीच एक महिना अगाडि मृत्यु भएका विष्णुकुमार राईको शवको अन्तिम संस्कार गर्न सफल भएको भण्डारीले जानकारी दिए। अमेरिकामा निधन भएका नेपालीको शवलाई अन्तिम संस्कार गर्नका लागि परिवारका सदस्यसँगको समन्वयमा शवदाहगृहसम्म पु¥याउने काममा भण्डारीले महत्वपूर्ण सहयोग गर्दै आएका छन्।

एनआरएन ग्लोबल हेल्थ कमिटीका संयोजक डा सञ्जीव सापकोटाले अमेरिका, बेलायत, युएई, टर्की, आयरल्याण्ड, नेदरल्याण्ड, जापानमा गरी ५४ नेपालीको मृत्यु भएको राससलाई जानकारी दिए। 

एनआरएनएले आफ्नो संयन्त्र परिचालन गरी वैशाख १३  सम्म सङ्कलन गरेको तथ्याङ्कमा विभिन्न २५ देशमा रहेका दुई हजार ३२ नेपालीमा कोरोनाको सङ्क्रमण देखिएको छ। तीमध्ये ४३४ जनाले आफूलाई कोरोना भाइरस सङ्क्रमणबाट मुक्त गराउन सफल भएको छ। सङ्ख्याका आधारमा सबैभन्दा बढी अमेरिकामा एक हजार सङ्क्रमित भएको र अहिलेसम्म मृत्यु हुनेमा सबैभन्दा बढी बेलायतमा ३३ जना रहेको तथ्याङ्क छ। रासस
 

प्रकाशित मिति: १५:०६ बजे, बुधबार, वैशाख १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्