काेराेनाका कारण ओस्कर अर्वाडका पनि नियम परिवर्तन
काठमाडौं, वैशाख १७ : कोरोना भाइरको संक्रमणको जोखिमले थिएटर र प्रदर्शन हुन नपाएका सिनेमालाई ध्यानमा राखेर ओस्कर अवार्डका केहि नियम परिवर्तन गरिएको छ।
काठमाडौं, वैशाख १७ : कोरोना भाइरको संक्रमणको जोखिमले थिएटर र प्रदर्शन हुन नपाएका सिनेमालाई ध्यानमा राखेर ओस्कर अवार्डका केहि नियम परिवर्तन गरिएको छ।
अब ओस्कर अवार्डका लागि कुनै पनि स्ट्रिमिङ प्ल्याटफर्ममार्फत सार्वजनिक भएको फिल्म प्रतिस्पर्धाका लागि योग्य रहने आयोजकले जनाएको छ। यस अघि अवार्ड नोमिनेसनका लागि फिल्म लस एन्जलसस्थित सिनेमा घरहरुमा थोरैमा पनि एक साता प्रदर्शन भएको हुनुपर्ने थियो।
एकेडेमीका अध्यक्ष डेभिड रुबिन र सिइओ डन ह्युड्सनले कोरोना भाइरसको प्रभावले नयाँ नियम लागू गरेको जनाएका छन्। नयाँ नियम लागू गरिएसँगै ओस्करमा सहभागी हुनका लागि कुनै पनि फिल्म यो वर्षभित्र एक साता हलमा प्रदर्शन भएको वा यसै वर्ष रिलिज हुने घोषणा गरिएको हुनुपर्छ।
आयोजक समूहका स्टेभेन स्पेलबर्गले रिलिजको क्रममा स्ट्रिमिङ र थिएटरबीचको फरक कायम राख्नुपर्ने बताए।
त्यस्तै, यस वर्ष उत्कृष्ट विदेशी भाषाको फिल्म विधाका लागि निर्णायकले मात्र निर्णय नभई ओस्कर आयोजक सदस्यहरुले पनि भोट गर्न पाउने छन्। आउँदो वर्षको अवार्डमा साउन्ड एडिटिङ र साउन्ड मिक्सिङ दुवै एउटै साउन्ड विधामा समावेश गरिनेछ।
आगामी ओस्कर अवार्ड समारोह सन् २०२१ फेब्रुअरी २८ मा हुनेछ।












