बलिउड अभिनेता इरफान खानको मृत्यु
काठमाडौं, वैशाख १७ : बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा मृत्यु भएको छ। बुधबार बिहान उनको मुम्बईस्थित कोकिला वेन अस्पतालमा मृत्यु भएको हो।....

काठमाडौं, वैशाख १७ : बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा मृत्यु भएको छ। बुधबार बिहान उनको मुम्बईस्थित कोकिला वेन अस्पतालमा मृत्यु भएको हो।
न्युरोइन्डोक्राइन ट्युमर भएको खान दुई वर्षदेखि क्यान्सरको उपचार गराइरहेका थिए।
जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खानको सात महिनाअघि अंग्रेजी मिडियम नाम फिल्म रिलिज भएको थियो।
उनको मृत्युको खवर निर्देशक सुजित सरकारले ट्वीटमार्फत दिएका हुन्।
प्रकाशित मिति: १२:३१ बजे, बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












