प्रधानमन्त्री ओलीद्वारा संघीय संसद् भवनको निरीक्षण
काठमाडौं, वैशाख १७ : प्रधानमन्त्री कोपी शर्मा ओली संघीय संसद भवनको निरीक्षण गरेका छन्।
बुधबार नयाँ बानेश्वरस्थित संसद भवन पुगेर प्रधानम....

काठमाडौं, वैशाख १७ : प्रधानमन्त्री कोपी शर्मा ओली संघीय संसद भवनको निरीक्षण गरेका छन्।
बुधबार नयाँ बानेश्वरस्थित संसद भवन पुगेर प्रधानमन्त्री ओलीले दुवै सदनका बैठक सञ्चालन गर्ने तयारीको अवलोकन गरेका हुन्। अवलोकनका क्रममा सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद भवनमा सामाजिक दूरी कायम गरेर बैठक गर्न सकिने व्यवस्था गरिएको प्रधानमन्त्रीलाई बताएका थिए।
प्रधानमन्त्री ओलीसँगै सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फे पनि संसद भवन पुगेका थिए।
केही समयअघि सभामुख सापकोटाले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए। सरकारले ल्याउने नीति तथा कार्यक्रमबारे छलफलमा ढिलाइ हुने उल्लेख गर्दै सभामुखले बैठक बोलाउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।











