Kathmandu Press

यूएसएआईडीबाट नेपालमा सञ्चालित थप सात कार्यक्रम रोकिए

मन्त्रालयले जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीन वटा कार्यक्रमहरू डिजाइनको क्रममा रहेकोमा उक्त आदेशबाट यी कार्यक्रमहरू समेत रोकिएको जानकारी पनि गराएको छ। 
यूएसएआईडीबाट नेपालमा सञ्चालित थप सात कार्यक्रम रोकिए

काठमाडौं, फागुन १२ : अमेरिकी सहयोग नियोग (यूएसएआईडी) अन्तर्गत बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका थप सात वटा कार्यक्रम पनि रोकिने भएका छन्। 

अर्थ मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। मन्त्रालयका अनुसार सरकारको बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चार वटा कार्यक्रमहरू ९० दिनका लागि रोकिएको जानकारी प्राप्त भएको छ। 

Hardik ivf

मन्त्रालयले जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीन वटा कार्यक्रमहरू डिजाइनको क्रममा रहेकोमा उक्त आदेशबाट यी कार्यक्रमहरू समेत रोकिएको जानकारी पनि गराएको छ। 

डिजाइनको क्रममा रहेका उल्लेखित कार्यक्रमहरूको लागि सम्झौता नभइसकेको हुँदा कुनै सहयोग प्राप्त भने नभएको जनाइएको छ। 

अमेरिकाले नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको विकासमा अमेरिकाले विगत लामो समयदेखि सहयोग गर्दै आएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अनुसार नेपालमा यस्ता कार्यक्रमहरू रोकिएका हुन्।

प्रकाशित मिति: १६:३५ बजे, सोमबार, फागुन १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्