बजेट अधिवेशन बोलाउने विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल
काठमाडौं, वैशाख १७ : संसद्को बजेट अधिवेशनबारे प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफलल भएको छ।
प्रधानमन्त्री ओलीले....

काठमाडौं, वैशाख १७ : संसद्को बजेट अधिवेशनबारे प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफलल भएको छ।
प्रधानमन्त्री ओलीले बोलाएपछि बुधबार बिहान सभामुख सापकोटा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। उनीहरुबीच बजेट अधिवेशन बोलाउनेलगायतका विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए।
प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच संसद्को बजेट अधिवेशन, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषय तथा आगामी वर्षको नीति तथा कार्यक्रमबारे पनि छलफल भएको जनाएको छ।
संवैधानिक व्यवस्थाअनुसार, जेठ १५ गते संसद्मा बजेट पेश गर्नुपर्छ। त्यसअघि प्रिबजेट छलफल हुने गरेको छ। विगतका वर्षहरुमा प्रिबजेट छलफलका लागि वैशाख १५ गते नै बजेट अधिवेशन आह्वान हुने गरेको थियो। यो वर्ष भने कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण संसद् अधिवेशन अन्योलमै छ।
संसद्को हिउँदे अधिवेशन पनि सूचना टाँसेरै स्थगित भएको थियो। बजेट अधिवेशनमा पनि पर्याप्त छलफल हुने सक्ने देखिएको छैन।
सरकारले पनि प्रिबजेट छलफल र नीति तथा कार्यक्रममाथिको छलफल नगर्ने संकेत गरेको छ। जसले गर्दा प्रिबजेट र नीति तथा कार्यक्रमको छलफलबीना नै बजेट ल्याउने सरकारको तयरी छ।











