Kathmandu Press

रोमाञ्चक खेलमा नेपाल र म्यानमारले खेले बराबरी

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको लिगको अन्तिम खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रह्यो। सो खेलमा नेपाल र म्यामानरले २–२ गोलको बराबरी खेले।
रोमाञ्चक खेलमा नेपाल र म्यानमारले खेले बराबरी

काठमाडाैं, फागनु ११ : चार देशीय अन्तराष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा बराबरीमा सकिएको छ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको लिगको अन्तिम खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रह्यो। सो खेलमा नेपाल र म्यामानरले २–२ गोलको बराबरी खेले।

Hardik ivf

खेलमा पहिलो हाफमै ४ गोल भएको थियो। दोस्रोमा भने गोल हुन नसकेन। तर, खेल निकै रोमाञ्चक रह्यो। दोस्रो दुवै टिमले गोलको प्रयास गरेपनि गोलकिपरहरुले उत्कृष्ट बचाउ गरेपछि गोल भने निस्किएन।

खेलामा नेपालका लागि सविता रानामगर र सावित्रा भण्डारीले गोल गरे भने म्यानमारका लागि म्यात नोइ खिन र मे हेत लुले गोल गरे।

नेपालले खेलमा २ पटकपछि परेको अवस्थामा बराबरी गरेको हो। खेलमा छैठौं मिनेटमै म्यानमारले अग्रता बनायो। म्यात नोइ खिनले फ्रिकिकमा सिधै गोल गरेकी थिइन्। उनको प्रहार रोक्न् प्रयास गरेपनि  सकिनन्। 

तर, ११औं मिनेटमा नेपालले बराबरी गोल फर्कायो। सावित्राले लेफ्ट साइटबाट दिएको उत्कृष्ट पासलाई सविताले सहजै ट्यापइनमा गोल गरेकी थिइन्। 

१६औं मिनेटमा खेलमा म्यानमारले पुनः अग्रता लियो। नेपाली डिफेन्सको गल्तीको फाइदा उठाउँदै मे हेत लुले गोल गरेकी थिइन्। ४०औं मिनेटमा प्रिती राईको पासमा सावित्राले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याइन्। 

यो बराबरीपछि म्यानमार गोल अन्तरका आधारमा शीर्ष र नेपाल दोस्रो स्थानमा रह्यो। दुवै टिमयसअघि नै फाइनल पुगिसकेका थिए। 

प्रकाशित मिति: २०:०५ बजे, आइतबार, फागुन ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्