Kathmandu Press

पहिलो हाफमा नेपाल र म्यानमारको रोमाञ्चक बराबरी

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको हो। नेपालले खेलमा २ पटक पछि परेको अवस्थामा बराबरी गरेको हो।
पहिलो हाफमा नेपाल र म्यानमारको रोमाञ्चक बराबरी

काठमाडाैं, फागुन ११ : चार देशीय अन्तराष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमारले रोमाञ्चक बराबरी खेलेका छन्। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको हो। नेपालले खेलमा २ पटक पछि परेको अवस्थामा बराबरी गरेको हो।

खेलामा नेपालका लागि सविता रानामगर र सावित्रा भण्डारीले गोल गरे भने म्यानमारका लागि म्यात नो खिन र मे लुले गोल गरे।

खेलमा छैठौं मिनेटमै म्यानमारले अग्रता बनायो। म्यात नो खिनले फ्रिकिकमा सिधै गोल गरेकी थिइन्। उनको प्रहार रोक्न् प्रयास गरेपनि  सकिनन्। 

तर, ११औं मिनेटमा नेपालले बराबरी गोल फर्कायो। सावित्राले लेफ्ट साइटबाट दिएको उत्कृष्ट पासलाई सविताले सहजै ट्यापइनमा गोल गरेकी थिइन्। 

१६औं मिनेटमा खेलमा म्यानमारले पुनः अग्रता लियो। नेपाली डिफेन्सको गल्तीको फाइदा उठाउँदै मे लुले गोल गरेकी थिइन्। ४०औं मिनेटमा प्रिती राईको पासमा सावित्राले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याइन्। 

प्रतियोगितामा दुवै टिम फाइनल पुगिसकेकाले दाबबबिहीन छन्। 

प्रकाशित मिति: १९:०७ बजे, आइतबार, फागुन ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्