कोरोना संक्रमित २३.३ प्रतिशत भारतीय निको भए
काठमाडौं, वैशाख १७ : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमित निको भएर फर्कने क्रम बढेको छ । भारतमा २३.३ प्रतिशत नागरिक उपचार गरी घर फर्क....

काठमाडौं, वैशाख १७ : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमित निको भएर फर्कने क्रम बढेको छ । भारतमा २३.३ प्रतिशत नागरिक उपचार गरी घर फर्किएको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित ७ हजार ७४७ भारतीयहरू देशभरका विभिन्न अस्पतालमा उपचारपछि निको भई घर फर्किएका छन् । मन्त्रालयका अनुसार निको भई घर फर्किने विरामीको दर २३.३ प्रतिशत हो ।
अघिल्लो दिन उपलब्ध गराएको तथ्याङ्कभन्दा निको हुने बिरामीको सङ्ख्यामा करिब एक प्रतिशत सुधार देखिएको मन्त्रालयका सहसचिव लव अग्रवालले बताए । भारतमा विगत २४ घण्टामा थप एक हजार ८७३ जना सङ्क्रमित थपिएका छन् ।
योसँगै संक्रमितको संख्या ३१ हजार ३२४ पुगेको छ । बुधबार बिहान यो समाचार तयार पार्दासम्म एक हजार ८ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । विगत २४ घण्टामा भारतमा मृत्यु हुनेको सङ्ख्या ६९ छ ।











