Kathmandu Press

अर्जुनचौपारीमा नेपालकै पहिलो नवग्रह मन्दिरको भब्य अनुष्ठान, हजारौं भक्तजन सहभागी (फोटोसहित) 

महाशिवरात्रीको अवसर पारेर गत फागुन ६ देखि १४ सम्म धार्मिक महोत्सवको आयोजना गरी नेपालमै पहिलो नवग्रह मन्दिरको प्राण प्रतिष्ठा तथा अनुष्ठान सम्पन्न गरिएको हो ।
अर्जुनचौपारीमा नेपालकै पहिलो नवग्रह मन्दिरको भब्य अनुष्ठान, हजारौं भक्तजन सहभागी (फोटोसहित) 

स्याङ्जा, फागुन ९ : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ मा नेपालकै पहिलो नवग्रह मन्दिरको निर्माण गरी प्राण प्रतिष्ठा तथा अनुष्ठान सम्पन्न गरिएको छ । 

महाशिवरात्रीको अवसर पारेर गत फागुन ६ देखि १४ सम्म धार्मिक महोत्सवको आयोजना गरी नेपालमै पहिलो नवग्रह मन्दिरको प्राण प्रतिष्ठा तथा अनुष्ठान सम्पन्न गरिएको हो । प्राण प्रतिष्ठान कार्यक्रममा सहभागी नेपाल सरकारका पर्यटनामन्त्री बद्री पाण्डे, प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापा लगायत एवं उच्च पदस्थ व्यक्तिहरुले अर्जुनचौपारीमा बनेको यस मन्दिरले नेपाललाई नै चिनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे । 

480387415_1051031857054196_5869008084746096610_n-1740101349.jpg
 

Hardik ivf

उद्घाटन समारोहदेखि बिहिबारसम्म मन्दिरमा भक्तजनहरुको उपस्थिीतिले आफू औधी खुसी लागेको पालिका अध्यक्ष प्रकाश तिवारी बताउँछन् । उद्घाटन समारोहमा १० हजार वढी भक्तजनहरु सहभागी हुनुभएको भन्दै सबै भक्तजनप्रति आभार प्रकट समेत उनले गरे । 

विभिन्न शक्तिपीठहरुमा एक छेउमा नवग्रहको प्रतिमा राखेर पुजा गर्ने गरिएतापनि देश विदेशमा सिद्घीप्राप्त योगीहरुले यो ठाउँमा नवग्रह मन्दिर निर्माण गर्नु अत्यन्तै उपयुक्त हुने सल्लाह बमोजीम उनीहरुकै सुझाव अनुसार यस क्षेत्रमा नवग्रहको मन्दिर निर्माण गरिएको हो । छिमेकी राष्ट्र भारतमा छुट्टै नवग्रह मन्दिर भएतापनि नेपालमा ग्रहकै मात्र पुजा हुने मन्दिर छैनन् । नेपालमा हिन्दु धर्म मान्नेहरुको संख्या वढी पाइन्छ, यहाँका धेरै जनसंख्याले विभिन्न शक्तिपीठको पुजा गर्नुका साथै नेपालमा भएका ठूला शक्तिपीठमा छिमेकी मुलुकबाट समेत भक्तजनहरु नेपाल आउने गरेका छन् । नेपालको पर्यटकीय राजधानी पोखराबाट केहि घण्टामै पुग्न सकिने स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा नवग्रह मन्दिर स्थापना पश्चात स्वदेशी तथा विदेशी पर्यटकलाई नवग्रह मन्दिरले आकर्षित गर्ने पालिकाको विश्वास छ ।  

प्रायः जसो घरमा नवग्रह पुजा हुने गर्दछ तर, नवग्रहको विधिवत पुजा हुने शक्तिपीठ नेपालमा अहिलेसम्म छैनन् । त्यसैले गाउँपालिकाको वडा नं १ मा रहेको ऐतिहासिक धार्मिक बन परिसरमा उक्त मन्दिर निर्माण गरिएको हो । नेपालमा पहिलो पटक बनाउन लागिएको नवग्रह (नौ आकाशीय पिण्ड) को मन्दिर भारतको असमको चित्रसालको पहाडमा मात्र रहेको छ । निर्माण हुँदै गरेको मन्दिर भारतको आसामको भन्दा फरक रहेको र यहाँ बन्ने नवग्रह मन्दिर विश्मै पहिलो भएको पालिका अध्यक्ष प्रकाश तिवारीको दाबी छ । यसरी बन्न लागेको नवग्रह मन्दिरको छेउछाउँमा पिपल रोपिएको हो । नवग्रह मन्दिरको मुख्य स्तभ नवभुज आकारको हुनेछ । जुन २७.७ फिटको बन्नेछ । २७ फिट माथीतीर फर्केको अग्लो ब्रह्माणीय मुर्तीको अवलोकन प्रत्येक बर्षको गणेश चतुदर्शीमा मात्र दर्शन गर्न पाइनेछ । 

45c5710d-54ff-42f4-94b8-38b2bc96a869-1740101346.jpg
 

नवग्रह मन्दिरसँगै बनाईएको षट्कोणको बीचमा पशुपतीनाथको जस्तै पञ्चमूखी शिवलिङ्ग राखिने र अन्य कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरब, हनुमान र दुर्गा भवानीको मूर्ति राखिएको । मन्दिरको एक ठाउँबाट छिरेपछि ९ चक्रमा रहेका नवग्रह मन्दिरलाई ९ परिक्रमा सहितको पुजा गरेपछि मात्र बाहिर निस्कन मिल्ने गरी निर्माण गरिएको छ । नौवटा भुजा रहने पिल्लरमा १३ फिटमा नौवटा ग्रहका प्रतिक रहेका छन् भने त्यस माथी नवभुज आकारको १४ फुटको पिल्लर छन् । पिल्लरको सबैभन्दा माथि सूर्यतर्फ फर्केको सौर्यमण्डलीय (ग्रह) को प्रतिमा रहने छ भने यहाँ रहने प्रतिमा हिन्दुधर्मका कहलिएका धार्मिक ज्योतिषीको बिशेष सल्लाहबमोजिम भारतमा बनाइएको छ ।

नवग्रह मन्दिर शनिवार मात्र खुल्नेछ र ९ चक्र मध्ये एक चक्र भने भक्तजनहरुलाई मध्यनजर गरेर अन्य दिनमा पनि पुजाआजा गर्न पाईनेछ । मुल नवग्रह मन्दिर पालिकामा रहेतापनि यसका ९ निशान प्रतिमाहरु पलिका अन्तर्गतका ५ वटा वडामा र यसबाहेक अर्जुनचौपारी गाउँपालिका लगायत अन्य पालिकाका ४ वडा मिलेर भौगोलिक स्वरुप ब्रम्हाणीय स्वरुपमा घुमेर रहेकाले पालिकाले छोएका भीरकोटको वडा नं ७, पुतलीबजार न.पा १३, १४ र आधिखोला गा.पा. १ मा निशान प्रतिमाहरुलाई आलोपालो पुजा गर्ने प्रबन्ध मिलाईने नवग्रह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरत पोखरेलले बताए । 

परम्परागत समयदेखि नै चर्चित जलबराह धार्मिक बन परिसर ८ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सोही स्थानमा उक्त मन्दिर बनाईएको हो । उक्त धार्मिक बनलाई समेत भबिष्यमा ध्यान केन्द्र र योगा गराउने स्थानका रुपमा बिकसित गर्न आफूहरुले लागि परिरहेको अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले बताए । 

विरलै आउने महाकुम्भको समय अत्यन्त शक्तिशाली र पवित्र हुनेहुँदा यसै अवसरमा अनुष्ठान सम्पन्न गर्नेगरी अर्जुचौपारी गाउँपालिका गाउँपालिका वडा नं १ मा नवग्रह मन्दिरको निर्माण गरिएको गाउँपालिकाको भनाइ छ । नवग्रह मन्दिरबाट कुहिरोको समुन्द र जलबराह गुफा समेत अवलोकन गर्न पाईनेछ भने पालिकाबाट केहि घण्टाको दुरीमा पुगिने आधिखोला गाउँपालिकामा रहेको दक्षिण एसियाकै पहिलो होमस्टे दरौं सिरुवारी, पुतलीबजार नगरपालिका रहेको सतौचण्डी थान र शितलादेवी मन्दिर र भीरकोट नगरपालिकामा रहेको खिलुङकालिका मन्दिर समेत दर्शन गर्न पाइनेछ ।

गण्डकी प्रदेशको राजधानी पोखराबाट करिब ५२ कि.मी.का. दुरीमा रहेको नवग्रह मन्दिर पुग्नलाई पोखराबाट सजिलै भाडाका गाडी र ट्याक्सीहरु पाइन्छ । 

थप फोटोहरु :

fed6e939-d98c-4eed-a7d0-99a6bd0ab49b-1740101354.jpg

480669707_1052245930266122_3275682428263595703_n-1740101353.jpg

480940535_1052237133600335_7972845622445756707_n-1740101353.jpg

480519239_1051031473720901_482026317799206881_n-1740101349.jpg

cc246604-4584-4f23-863c-a5cd1c48886a-1740101354.jpg

480544204_1052237800266935_8402920870133209795_n-1740101351.jpg

480538263_1051063670384348_2057478003979958567_n-1740101350.jpg

076dd337-0ff7-43e5-818c-2621e8fbe0ff-1740101346.jpg

82a155bf-792c-43e7-a66d-3520cd910c81-1740101348.jpg

23d123b4-b243-4346-ad61-514e3a5c8910-1740101346.jpg

0ee3d571-f8a6-4f9a-84ef-4bbf8cce869b-1740101346.jpg

फोटो : अर्जुनचौपारी गाउँपालिका 

 

प्रकाशित मिति: ०७:०१ बजे, शुक्रबार, फागुन ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्