Kathmandu Press

अरु देशहरु सिक्सजीमा पुगिसके, हामी फोरजीमै अड्किएका छौं :  मन्त्री गुरूङ

मन्त्री गुरुङलेसबै देशहरु सिक्सजीमा जाने समयमा फाइभजीमा पनि पुग्न नसकेको बताए। उनले फोरजीलाई नै व्यवस्थित गर्न नसकेको बेला फाइभजी लन्च गर्न सबै भन्दा ठूलो चुनौति भएको बताए।
अरु देशहरु सिक्सजीमा पुगिसके, हामी फोरजीमै अड्किएका छौं :  मन्त्री गुरूङ

काठमाडौं, फागुन ८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले टेलिकम नीति संशोधन गर्नुपर्ने बताएका छन्। 

बिहीबार ‘दूरसञ्चारको भविष्य निर्माण : नीति र नवप्रवर्तनमा अन्तर्दृष्टि’ कार्यक्रममा बोल्दै उनले पूरानो टेलिकम नीतिले गाइड गर्न नसकेकाले टेलिकम नीति संशोधन गर्नुपर्ने बताएका हुन्।

‘टेलिकम पोलिसी संशोधन गर्दैछौं। पूरानो टेलिकम नीतिले हामीलाई गाइड गर्न सकेन। टेक्नोलोजिका धेरै कुराहरु परिवर्तन गर्नुपर्ने छन्। हामी चाँही नेपालमा टुजी, थ्रीजी चलाइरहेका छौं। तर भन्नको लागि फोरजी चल्छ भन्छौं तर हरेक ठाउँमा फोरजी पुग्न सकेको अवस्था छैन,’ उनले भने, फोरजीको कभरेज बढाउन सकेका छैनौं। सरकार भन्छ फोरजी नेपालभरी नै पुग्नुपर्यो तर हरेक ठाउँमा अहिले पनि टुजी, थ्रीजीमै हामी अड्किरहेका छौं, यसमा गर्नुपर्ने कामहरु थुप्रै छन्।’

मन्त्री गुरुङलेसबै देशहरु सिक्सजीमा जाने समयमा फाइभजीमा पनि पुग्न नसकेको बताए। उनले फोरजीलाई नै व्यवस्थित गर्न नसकेको बेला फाइभजी लन्च गर्न सबै भन्दा ठूलो चुनौति भएको बताए।

एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जब्बोर कायुमोभले विदेशी लागानीका टेलिकम कम्पनी २५ वर्षमा सरकारीकरण हुने व्यवस्था बदलिनुपर्ने बताए। उनले दूरसञ्चार क्षेत्रको विकासका लागि विद्यमान व्यवस्था बदल्नुपर्ने बताए। 
 
प्रकाशित मिति: १६:२१ बजे, बिहीबार, फागुन ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्