Kathmandu Press

वैकल्पिक उर्जालाई सेवा मात्र नभइ व्यवसायिक रुपमा काम गर्नपर्छ : मन्त्री खड्का 

उनले सरकारले आफ्नो नीति रणनीति योजना तथा लक्ष्यहरुमार्फत नविकरणीय उर्जाको विस्तार तथा उर्जा दक्षताको अवलम्बनलाई विशेष प्राथमिकता दिँदै आएको पनि जानकारी गराए। 
वैकल्पिक उर्जालाई सेवा मात्र नभइ व्यवसायिक रुपमा काम गर्नपर्छ : मन्त्री खड्का 

काठमाडौं, फागुन ८ : जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले वैकल्पिक उर्जालाई अब सेवाको रुपमा मात्र नभई व्यवसायिक हिसाबले पनि अगाडि बढाउन आवश्यक रहेको बताएका छन्। 

बिहीबार काठमाडौंमा वैकल्पिक उर्जा प्रवन्द्र्धन केन्द्रद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले समयसापेक्षित रुपमा आफ्ना गतिविधिहरु र सेवाहरु प्रदान गर्दै अगाडि बढ्नुपर्ने पनि बताए। 

‘हिजो हामीले सेवाको रुपमा लिएको यस वैकल्पिक उर्जालाई अब बिस्तारै व्यवसायिक हिसाबले पनि अगाडि बढाउनु पर्ने आवश्यकता सरकारले,मन्त्रालयले महशुस गरेको छ,’ मन्त्री खड्काले भने, ‘अब समय परिवर्तन भएको छ। समयसापेक्षित आफ्ना गतिविधिहरु, सेवाहरु प्रदान गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ।’ 

उनले सरकारले आफ्नो नीति रणनीति योजना तथा लक्ष्यहरुमार्फत नविकरणीय उर्जाको विस्तार तथा उर्जा दक्षताको अवलम्बनलाई विशेष प्राथमिकता दिँदै आएको पनि जानकारी गराए। 

‘नेपाल सरकारले आफ्नो नीति रणनीति योजना तथा लक्ष्यहरुमार्फत नविकरणीय उर्जाको विस्तार तथा उर्जा दक्षताको अवलम्बनलाई विशेष प्राथमिकता दिँदै आएको छ,’ उनले भने, ‘हालै स्वीकृत भएको उर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८१ मा नेपाललले अघि सारेका स्वच्छ उर्जा र जलवायु परिवर्तनसम्बन्धि अन्तराष्ट्रिय प्रतिबद्धता र राष्ट्रिय लक्ष्यमा नविकरणीय उर्जा दक्ष र स्वच्छ उर्जा रुपान्तरणलाई उच्च प्राथमिकता दिइएको छ।’ 
 

प्रकाशित मिति: १३:१२ बजे, बिहीबार, फागुन ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्