Kathmandu Press

मूल्यले बनायो कीर्तिमान

बिहीबार छापावाल सुनको मूल्य तोलामा एक लाख ७१ हजार कायम छ। यो अहिलेसम्मकै उच्च मूल्य हो।
मूल्यले बनायो कीर्तिमान

काठमाडौं, फागुन ८ : नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेसँगै नयाँ कीर्तिमान कामय भएको हो।

बिहीबार छापावाल सुनको मूल्य तोलामा एक लाख ७१ हजार कायम छ। यो अहिलेसम्मकै उच्च मूल्य हो। केही सातायता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ।

अघिल्लो दिन सुनको मूल्य तोलामा एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै, आज चाँदीको १० रुपैयाँले बढेको छ। बुधबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार एक हजार ९९५ रुपैयाँ कायम भएको छ।
 

प्रकाशित मिति: ११:५३ बजे, बिहीबार, फागुन ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्