सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ११ सय रुपैयाँले बढेको हो।
काठमाडौं, फागुन ७ : नेपाली बजारमा बुधबार सुनको मूल्य फेरि बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ११ सय रुपैयाँले बढेको हो।
मंगलबार तोलामा १ लाख ६९ हजार ४ सय रुपैयाँ कायम भएको छापावाल सुनको आज तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँले बढेर तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रकाशित मिति: १२:०३ बजे, बुधबार, फागुन ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1764753058.png)
-1764751301.jpg)
