Kathmandu Press

राष्ट्रिय योजना आयोगले अर्थमा बुझायो १९ खर्ब रुपैयाँको ‘सिलिङ’

आर्थिक वर्ष २०८२/८३ को आयोजना तथा कार्यक्रम प्रस्ताव गर्ने सन्दर्भमा उक्त बजेटको सिलिङ अर्थ मन्त्रालयमा पेस भएको हो।
राष्ट्रिय योजना आयोगले अर्थमा बुझायो १९ खर्ब रुपैयाँको ‘सिलिङ’

काठमाडौं, फागुन ६ : राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब रुपैयाँको बजेट सिलिङ अर्थ मन्त्रालयमा बुझाएको छ।

आर्थिक वर्ष २०८२/८३ को आयोजना तथा कार्यक्रम प्रस्ताव गर्ने सन्दर्भमा उक्त बजेटको सिलिङ अर्थ मन्त्रालयमा पेस भएको हो।

आयोगले बुझाएको सिलिङमा आगामी आर्थिक वर्षको बजेट निर्माण तयारी हुने जनाइएको छ। 

आयोगले ‘राष्ट्रिय स्रोतको प्रारम्भिक अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन, २०८१’ पनि अर्थमा पेस गरेको छ।  
 
प्रकाशित मिति: १७:४४ बजे, मंगलबार, फागुन ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्