Kathmandu Press

नेप्सेको उछाल कायमै, २७३९ अंकमा पुग्यो

आइतबार १९.५६ र सोमबार २९.८७ अंकले बढेको नेप्से परिसूचक मंगलबार ११.९१ अंकले बढेर २७३९ .८२ विन्दुमा कायम भएको छ। 
नेप्सेको उछाल कायमै, २७३९ अंकमा पुग्यो

काठमाडौंं, फागुन ६ : नेपाली सेयर बजार निरन्तर उकायो यात्रामा छ । केही दिनयता सेयर बजारमा उछाल देखिँदा नेप्से परिसूचक २७ बढी अंकमा पुगेको छ। यसले लगानीकर्तामा उत्साह थपेको छ।

आइतबार १९.५६ र सोमबार २९.८७ अंकले बढेको नेप्से परिसूचक मंगलबार ११.९१ अंकले बढेर २७३९ .८२ विन्दुमा कायम भएको छ। 

आज ३१४ कम्पनीको एक करोड ८२ लाख ३० हजार ३०२ कित्ता शेयर ९९ हजार ५८५ पटक खरिदबिक्री हुँदा १० अर्ब ४३ करोड ७० लाख छ हजार २१४ बराबरको कारोबार भएको छ। 

मंगलबार बैंकिङ ०.२२, लगानी १.२४, जीवन बीमा १.७४, निर्जीवन बीमा ०.३०, व्यापार ०.४१ र अन्य समूह ३.६७ प्रतिशतले बढेको छ। अरू सबै समूहको उपसूचक घटेको छ। 

विकास बैंक १.७४, वित्त १.५०, होटेल तथा पर्यटन १.०४, जलविद्युत् ०.१३, उत्पादन तथा प्रशोधन ०.०६, लघुवित्त ०.७९ र म्युचुअल फन्ड ०.०५ प्रतिशतले घटेको छ। 

वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, इमर्जिङ नेपाल लिमिटेड र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सप्तकोशी डेभलपमेन्ट लिमिटेड र कुमारी डिभेन्चर–२०८६ को शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ। 

कारोबार रकम र कारोबार भएका शेयर संख्का आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड अगाडि देखिएको छ । यो कम्पनीको आज  ८२ करोड दुई लाख ३६ हजार ९१० बराबरको आठ लाख ९३ हजार ८५ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति: १६:५५ बजे, मंगलबार, फागुन ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्